सभामुख सापकोटा वि,रुद्धको मु,द्दामाथि आज सुनुवाई नहुने

काठमाडौं, २२ माघ । सभामुख अग्नि सापकोटावि,रुद्ध परेको कर्तव्य ज्या,न सम्बन्धी मु,द्दामा सर्वोच्च अदालतमा आज सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज संवैधानिक इजलास गठन नगरेपछि सापकोटा वि,रुद्धको मु,द्दामा सुनुवाई नहुने भएको हो । यसअघि नै माघ २२ गते अर्थात बुधबार सापकोटावि,रुद्धको मु,द्दामाथि संवैधानिक इजलासमा सुनुवाई हुने गरी प्रधानन्यायाधीश जबराले पेशी तोकेका थिए ।

तर बुधबार उनले संवैधानिक इजलास नै गठन गरेनन् । संवैधानिक व्यवस्था अनुसार सर्वोच्च अदालतका वरिष्ठतम पाँच न्यायाधीशको बेन्चमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था रहेको छ । बुधबार सर्वोच्च अदालतमा ९ जना वरिष्ठतम न्यायाधीश उपस्थित छन् ।

संवैधानिक इजलासलाई थप बलियो बनाउने भनि अनिवार्य पाँचसहित थप ६ जनासम्म वरिष्ठतम न्यायाधीशलाई राख्न मिल्ने गरी न्याय परिषदले कानूनी बाटो फुकुवा गरेको छ । तर बुधबार ९ जना न्यायाधीश उपस्थित हुँदा पनि प्रधानन्यायाधीशले संवैधानिक इजलास गठन नगरेका हुन् । सामान्यतया बुधबार र शुक्रबार संवैधानिक इजलास गठन गर्ने व्यवस्था छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।