गायक उदित नारायण झाले दुर्गानाथ शर्मालाई यसरी सम्झिए

काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार ७२ वर्षको उमेरमा नि,धन भएको छ। टेलिभिजन समाचारवाचक शर्माको उपचारको क्रममा नि,धन भएको हो ।

केहि समयदेखि मुटुसम्बन्धी समस्याले ग्रसित उनको उपचारका क्रममा मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा नि,धन भएको हो । ‘विश्व घटना’ कार्यक्रमबाट लोकप्रिय र चर्चित बनेका शर्माको नि,धनप्रति गायक उदित नारायण झाले दुःख व्यक्त गर्दै श्र,द्धाञ्जलि दिएका छन् ।

आफूले गायन क्षेत्रमा संघर्ष गरिरहँदा रेडियो नेपालमा शर्माले गरेको सहयोगको स्मरण गर्दै गायक झाले खाजा खाने पैसा नहुँदा शर्माले सापट दिने गरेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक झाले भनेका छन्, ‘खाजा खाने पैसा हुँदैन थियो । दुर्गानाथ दाइसँग पैसा सापट माग्थ्यौँ, दिनु हुन्थ्यो, हिजो जस्तो लाग्छ ।’

शर्मा रेडियो नेपालमा हुँदा आफू भर्खरै गायन क्षेत्रमा सं,घर्षरत अवस्थामा रहेको भन्दै गायक झाले शर्माको नि,धन खबरले स्तब्ध बनाएको बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।