अब तीन वर्षसम्म म प्रधानमन्त्री, छिटै नै किड्नी फेर्छु अनि ढुक्कले काम गर्छु – प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब चाँडै मृगौला फेर्ने र तीन वर्षसम्म सक्रियतापूर्वक सरकार चलाउने बताउनुभएको छ । मंगलबार बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘अलि–अलि किड्नीमा स,मस्या छ । अहिलेको जमानामा समस्या किन राख्ने ? अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो । म छिट्टै किड्नी ट्रा,न्सप्लान्ट गर्छु, त्यसपछि ढुक्कले काम गर्ने हो ।’
उहाँले किड्नी ट्रा,न्सप्लान्ट गरेपछि काममा सक्रिय भएर लाग्ने बताउनुभयो । पार्टीभित्र आलोपालोको सिष्टम अर्का अध्यक्ष प्रचण्डले नै हटाउनुभएपछि अबको अर्को चुनावसम्म आफुले नै प्रधानमन्त्री हाँक्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘पहिले त मैले भन्याथें प्रचण्डजीलाई, आलोपालो गरौंला नि त भनेर । अस्ति उहाँले भन्नुभयो, अस्थिरता देखिन्छ, त्यसकारण त्यस्तो नगरौं ।’ प्रधानमन्त्री ओलीले प्रचण्डकै प्रस्तावमा आलोपालो को सिष्टम हटाइएको बताउनुभयो ।


