गच्छदारलाई मु,द्धा चलाएपछि रि,सायो काँग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं उपसभापति विजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट निल म्बित भएका छन् । बालुवाटारस्थित ललिता निवास जग्गा प्रक रणमा दो षी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मु द्दा दायर गरेसँगै उनी प्रतिनिधिसभा सदस्यबाट स्वतःनिल म्बित भएका हुन् ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा उनले संसद्‌मा जान पाउने छैनन् । अख्तियारको दाबी अदालतबाट ठहर भए गच्छदारको राजनीतिक जीवन स माप्त हुनेछ । राजनीतिक दलसम्बन्धी कानुनले भ्रष्टा चारजन्य नैतिक पतन हुने फौ जदारी मु द्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि निर्वाचनमा उम्मेदवार हुन पाउँदैन ।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितलाई अख्तियारले मु द्दा नचलाएर पार्टी उपसभापति गच्छदारविरुद्ध मु द्दा दायर गरेकोमा अ न्तुष्टि जनाएका छन् ।

अख्तियारले बुधबार एक सय ७५ जनाविरुद्ध मु द्दा दायर गरेपछि सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता शर्माले सरकारी जग्गा व्यक्तिका नाममा दिन नीतिगत निर्णय गर्नेलाई उन्मुक्ति दिएको भन्दै प्रति प्रश्न गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।