विज्ञान र प्रविधिको विकासलाई प्रदेश १ को संमृद्धिसंग जोड्ने

विराटनगर, २३ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विज्ञान र प्रविधिको विकासलाई प्रदेशको संमृद्धिसंग जोडेर लैजाने बताउनु भएको छ । विराटनगरमा आजदेखि सुरु ‘संमृद्धिका लागि एकिकृत जैविक स्रोत’ विषयक जीव बैज्ञानिकहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले विज्ञान र प्रविधिलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले विज्ञान र प्रविधिमा नयाँ पुस्ता निमार्णका लागि प्रदेशमा माध्यमिक विद्यालयहरुबाट सुरु गरेको जानकारी गराउँदै २९ वटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिसकेको बताउनुभयो । प्रदेश सरकारले विज्ञान र प्रविधिमा आधारित उद्योगहरूको स्थापना र प्रोत्साहन गर्ने नीति प्रदेश सरकाले लिएकाले जीव विज्ञान र प्रविधिका क्षेत्रमा भएका खोज अनुसन्धानको सहयोग लिएर प्रदेश सरकार संमृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने बताउनुभयो ।

उहाँले वातावरणको संरक्षण, जलवायु परिवर्तन र कार्वन संचेतीकरण जस्ता विषयमा प्रदेश सरकारले योजनावद्ध रुपमा काम गरिरहेको बताउँदै यस्ता विषयका खोज अनुसन्धान गरी सरकारलाई सहयोग गर्न वैज्ञानिकहरुलाई आग्रह गर्नुभयो । प्रदेशमा १ मा रहेका विभिन्न ठाउँलाई जैविक विविधताका केन्द्रका रुपमा विकास गर्न प्रदेश सरकारले काम गरिरहेको बताउँदै यसबाट यस क्षेत्रको पर्यटनमा समेत विकास पुग्ने बताउनुभयो । उहाँले देशभरबाट भेला भएका जीव बैज्ञानिकहरुलाई प्रदेश नं १ का पर्यटकीय क्षेत्रको अवलोकन गरेर मात्र फर्कन पनि आग्रह गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।