चीनलाई नेपालको एक लाख थान मास्क सहयोग

काठमाडौं, २४ माघ । नेपालले कोरोना भा,इरससँग जुधिरहेको चीनलाई एक लाख थान मास्क सहयोग गरेको छ । चीनमा नोवल कोरोना भा,इरसको सं,क्रमणबाट जोगाउने मास्कको अत्याधिक माग भएपछि नेपाल सरकारले मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउले कोरोना भा,इरसको सं,क्रमणमा नेपाललगायत अन्तर्रा्ष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताउनुभएको थियो ।

होउले चिनियाँ नागरिक र नेतृत्वलाई थप ऊर्जा मिलेको प्रतिक्रिया समेत दिनुभएको थियो । बिहीबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरु लगायत सुरक्षा निकायका प्रमुखसहितको बैठकले नोवल कोरोना भा,इरसँग जुधिरहेको चीनलाई १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।