प्रदेश नं १ मा नामाकरणको ब हस सुरु, सांसदहरुबीच च,र्को मतभेद

विराटनगर । हिउँदे अविधेशन सुरु भएसँगै प्रदेश १ को नामाकरणको बहस सुरु भएको छ । प्रदेशसभा गठन भएको २ वर्ष पुग्न लागिसक्दा पनि टुंगिन नसकेको नामाकरणको विषयमा सांसदबीच च,र्को मतभेद देखिएको छ ।

बिहीबारबाट सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनमा प्रदेशको नामाकरणको विषय पनि उठेको छ । स्थायी राजधानीको विषय टुंगिसकेकोे यस प्रदेशमा नामाकरणको विषयमा भने सांसदहरुमा मतमतान्तर व्यापक छन् ।

कतिपय सांसदहरु प्राकृतिक सम्पदाका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने अडानमा छन् भने कोही जातीय पहिचानको आधारमा गर्नुपर्ने पक्षमा उभिएका छन् । जातीय पहिचानको आधारमा किराँत, लिम्बुवान, खम्बुवानलगायतका नाम चर्चामा छ तर त्यसमा पनि चर्को विवाद छ ।

भूगोलका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने भन्दै सगरमाथा वा कोशीलगायतका नाम आएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलकी नेता विष्णुमाया तुम्बाहाम्फे दुईतिहाइको बलमा जनताको मर्मविपरीत निर्णय गर्न नहुनेमा जोड दिए ।

त्यस्तै संघीय समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादव पनि जातीय पहिचानको आधारमा नामाकरण गर्नुपर्ने माग राखे । यो विषयमा प्रदेशसभाभित्र मात्र होइन बाहिर पनि पहिचानवादीले मोर्चाबन्दी शुरु गरेका छन् ।

स्वय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट लिम्बूवान राष्ट्रिय मोर्चा, किराँत राष्ट्रिय मुक्ति मोर्चा पनि कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, समाजवादी पार्टीसहितका मोर्चामा सामेल भएका छन् ।

सरकारलाई दबाब दिन पहिचानवादीहरू एक स्थानमा उभिएका उनीहरुले मुख्यमन्त्री शेरधन राईलाई भेटेर प्रदेशको नाम ‘लिम्बूवान–किराँत’ राख्न माग गदै ज्ञापन पत्र समेत बुझाइसकेका छन् ।

तर प्रदेशका मुख्यमन्त्री शेरधन राईले सबै पहिचान र भूगोललाई समेट्ने गरी नाम टुंगो लगाउने बताउँदै आएका छन् । जातीय पहिचानको आधारमा नामाकरण गर्नुपर्ने स्वर सशक्त बन्दै गएको देखिन्छ ।

यदि यो प्रदेशमा जातीय पहिचानका आधारमा प्रदेशको नाम राखिए नाम र राजधानीको टुंगो लागिसकेका अन्य चार प्रदेशमा पनि असन्तुष्ट स्वरहरू उठ्ने सम्भावना रहेको नेकपाका कतिपय नेताहरुको बुझाइ छ । ध्रुव भट्टराई – ईमेज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖