इटहरीका मेयरवि,रुद्ध प्रहरीमा उ जुरी

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले व्यक्तिगत रिसिवी साध्न आफ्नो पान पसल बन्द गराएको भन्दै इटहरीस्थित पान पसलका सञ्चालक सुवास साहले प्रहरीमा उ,जुरी दिएका छन् ।

साहले रिसिवि साध्न आफनो व्यवसाय ब,न्द गरिदिएको भन्दै उनले आज(आइतबार) प्रहरीमा उ,जुरी दिएका हुन् । आफू अन्यायमा परेको भन्दैं साहले उ,जुरी दिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनले उजुरीमा आफु मेयरबाट असुरक्षितसमेत भएको उल्लेख गरेका छन् ।

दुवै पक्षबीच सल्लाह गरेर सहमति गराउने डिएसपी भण्डारीले बताए । ‘मेयर सापले सवै प्रक्रिया पुरा गरेर गर्नुभएको रहेछ,’ भण्डारीले भने, ‘उजुरी आएको यस विषयमा हामी अध्ययन गछौंँ ।’

यता उपमहानगरपालिकाको कार्यालय अगाडि पान पसल राख्दा फोहोर भएको र कार्यालय अगाडि सय मिटर नजिक पान, गुड्का बेच्न नपाइने प्रदेश सरकारको समेत निर्णय भएको उल्लेख गर्दै अन्यत्र सार्न सात दिने सूचना जारी गरेको र हटाउन पत्रसमेत काट्दा नहटाएपछि एक्सनमा जानु परेको मेयर चौधरीले बताउदैं आएका छन् । गत २४ माघमा पसल अन्यत्र सार्न पत्र दिइएको थियो । उनलाई व्यवसाय गर्न नदिएको भन्दा पनि अन्यत्र राखेर बेच्न आग्रह गर्दा नसुनेको मेयर चौधरीको भनाई छ ।

यता चौधरीले अन्याय गरेको भन्दैें बन्द गरेको पान पसल कांग्रेसका इटहरी नगर सभापती हेमकर्ण पौडेलले खोलेका छन् । राज्यलाई कर तिरेर व्यावसाय गर्न पाउनु पर्ने भन्दं उनले पसल खोलेका हुन् । साहले ३५ वर्षदेखि उक्त स्थानमा पसल गदैं आएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।