चीनमा रहेका नेपालीहरुको उ,द्दारका लागि फागुन ३ गते वाइड बडी चीन जाने
काठमाडौं । चीनमा रहेका नेपालीहरुको उ,द्दारका लागि फागुन ३ गते नेपाल एयरलाइन्सको वाइड बडी चीन जाने भएको छ । नेपालीहरूलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको हो ।
कोरोना भा,इरसको इपीसेन्टर मानिएको चीनको वुहानमा उ,द्दारको पर्खाइमा रहेका करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उ,द्धार गर्ने भएको हो । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् ।
यसअघि चीनमा रहेका नेपालीका आफन्तहरुले आफ्ना छोराछोरीको छिटो उ,द्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षण गराएका थिए । त्यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीहरुको स्वास्थ्य तथा अभिभावकहरुको चिन्ता र चासोलाई सम्बोधन गर्न एवं उ,द्दार तथा सुरक्षित व्यवस्थापन गर्न तदारुकता देखाएको हो ।
सरकारले चीनबाट नेपाल ल्याउने यात्रुको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी सं,क्रमित यात्रुलाई उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेशन वार्डमा राखेर उपचार गरिने जनाएको छ । विश्वभर त्रा,स फैलाएको कोरोना भा,इरसको सं,क्रमणबाट हालसम्म ९०८ जनाले ज्या,न गु,माइसकेका छन् ।


