रवि लामिछानेको ‘द लिडर शो’ को निर्णायकमा थपिए कांग्रेस र नेकपाका यी नेताहरु

काठमाडौं । रवि लामिछानेले सञ्चालन गर्ने ‘द लिडर शो’ निर्णायकमा नेपाली कांग्रेसको नेता र सांसद प्रदिप गिरी र नेकपाका नेता प्रदिप नेपाललाई थपिएको छ । पाँच जना निर्यायक रहने उक्त शोको निर्णायकमा थप कांग्रेस र नेकपाका नेताहरु थप्न लागिएको हो ।

यसअघि नै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिस सुशीला कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको नाम निर्णायकमा तय भइसकेको छ । ‍सो कार्यक्रम रियाली शोको फम्र्याटमा रहने बताइएको छ । विभिन्न अडिसन र तह पार गर्दै विजेता घोषणा गरिने बताइएको छ ।

यस अघि निर्णायकमा पूर्व प्रहरी डीआइजी रमेश खरेल र अधिकारवादी मोहना अन्सारीलाई थप्ने तयारी भएको चर्चा समेत चलेको थियो । ‘द लिडर’ को फेसबुक पेजबाट आज थप दुई निर्णायकको घोषणा गरिएको हो ।

अब चाडै नै अडिसनमा जाने तयारी रहेको कार्यक्रमका निर्माताहरुले जनाएका छन् । विजेतालाई एउटा गाडी, अमार्टमेन्ट र २० लाख नगद पुरस्कार दिइने पनि जानकारी दिइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।