चेकजाँचका क्रममा कोरोनाको आशं,का भएपछि विदेशी नागरिक टेकु अस्पतालबाट फ,रार

काठमाडौँ, माघ २९ । चीन हुदै नेपाल आएका एक विदेशी नागरिकमा कोरोनाको आ,शंका गरिरहेका बेला अस्पतालबाट फ,रार रहेका छन् । साउदी अरबका शं,कास्पद बिरामी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्र श्रेष्ठले चीनलाई ट्रान्जिट बनाएर आएका साउदी अरबका नागरिक अस्पतालमा भर्ना हुन नचाही भागेको बताउनु भयो । रुघा र ज्वरो आएपछि उनी केहि दिनअघि कोरोनाको आ,शंकामा स्वास्थ्य परीक्षण गराउन अस्पताल पुगेका थिए ।

‘चेकजाँचका क्रममा उनलाई कोरोनाको आ,शंका भएपछि भर्ना गर्नु पर्छ भनिएको थियो तर उनी भर्ना नभइ त्यहाँबाट भागे, प्रवक्ता श्रेष्ठले बताउनु भयो, ‘उनी भर्ना हुन चाहेनन्, हामीले पुलिस लगाउन पनि सकिएन ।’ फारसी बोल्ने भएकाले भाषामा पनि समस्या भएको श्रेष्ठले बताउनु भयो ।

ती शं,कास्पदको खोजी भइरहेको तर फोन नम्बर नभएकाले खोजी गर्न समस्या भएको मन्त्रालयले जानकारी दिएको छ । कानुनले त्यसरी भाग्ने व्यक्तिलाई सजायको समेत व्यवस्था गरेको छ । स‌ंक्रामक ऐन २०२० अनुसार तोकिएको ठाउँमा बस्न नमानेको खण्डमा सजायको व्यवस्था रहेको छ ।

टेकु सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले सोमबार राति दुई अरबी नागरिक जाँच गर्न अस्पताल आएको बताउदै एक जनामा रिपोर्ट आ,शंका गरिएको जानकारी दिए । ‘एकजनामा शं,का लागेर भर्ना गरियो। तर, उनको रिपोर्ट नेगेटिभ देखिएपछि उनलाई हिजै डिस्चार्ज गरिसकियो।

उनीसँगै आएका अर्कालाई पनि भर्ना गर्न खोज्दा नमानी गए’, उहाले भन्नुभयो । उनले आफूलाई केही नभएको भन्दै अस्पताल बस्न नमानेका हुन् । मन्त्रालयका प्रवक्ता श्रेष्ठले अहिलेसम्म कोरोनाको आ,शंकामा २० जनाको परीक्षण गरिएकोमा एकजनामा मात्रै पुष्टि भएको बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।