नयाँ वर्षदेखि काठमाडौँमा रा त्रिकालीन यातायात गुडने

काठमाडाैं,माघ २९ । काठमाडौँ उपत्यकामा रात्रिकालीन यातायात चलाउने तयारी गरिएको छ।

काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन रातको समयमा पनि सार्वजनिक यातायात सञ्चालन गर्न लागेको हो ।

मेयर विद्यासुन्दर शाक्यले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गरिने बुधबार आयोजित कार्यक्रममा जानकारी दिएका हुन्।

उनले नयाँ वर्षको शुरुआतसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा शुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। २०६९ भदौ १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिनापछि सेवा बन्द भएको थियो ।

बैठकमा पहिलो चरणमा रत्नपार्कलाई केन्द्रित गरेर छिमेकी नगरपालिकाहरु तथा ललितपुर र भक्तपुरमा समेत सेवा पु-याउने गरी १५ वटा रुट बनाएर सेवा दिने निर्णय गरेको छ। शुरुमा कम्तीमा पनि ६० वटा बस दैनिक सञ्चालन गर्न सकिने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।