एमसीसी बारे झलनाथले गराए ओली र दाहालको मुख बन्द

काठमाडौं, १ फागुन । अमेरिकी सहयोग एमसीसी सहयोगको सम्बन्धमा अध्ययन तथा अनुशन्धान गर्नको लागि नेकपाले गठन गरेको कार्यदलका संयोजक झलनाथ खनालले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एमसीसी सम्बन्धमा सार्वजनिक रुपमा टिप्पणी नगर्न आग्रह गरेका छन् । कार्यदलले थप दश दिनको समय पाएको छ । यसअघि पाएको दश दिनको समय हिजै सम्पन्न भएको थियो ।

कार्यदलले अबको दश दिनभित्र सबै अध्ययन तथा अनुशन्धान गर्ने खनालको भनाई छ । उनले भने,‘हामीले अध्ययन तथा अनुशन्धान सुरु गरिसकको छौं । अब हामीले थप दश दिन समय पाएका छौं ।

दश दिनपछि हामी एमसीसीको प्रतिवेदन पार्टीलाई बुझाउँछौं ।’ उनले प्रतिवेदन बाहिर नआएसम्म कसैले पनि यसबारेमा सार्वजनिक रुपमा बोल्न नपाउने आचारसंहिता बनाएको पनि उनले सनुाए ।

उनले भने,‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भीम रावलजी र म कसैले पनि बोल्न पाउँदैनौं । हामी मात्रै होईन, पार्टी अध्यक्षद्धय ओली र प्रचण्डजीले पनि बोल्न पाउनुहुँदैन । अहिले तपाईहरु नबोल्नुहोस् ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।