असारसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने मन्त्री मगरको घोषणा

काठमाडौं । सरकारले अबको चार महिनासम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको छ । खानेपानी मन्त्री विना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै असारसम्ममा मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।

स्वेतपत्रमा सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजना असारभित्रै सक्ने लक्ष्य छ । बाँध सक्नका लागि केही समय लागेपनि वैकल्पिक बाँधबाट असार मसान्तसम्ममा पानी झार्ने सरकारको योजना छ ।

इटालीको सीएमसीले काम छाडेर भागेपछि आयोजना अलपत्र बनेको थियो । आयोजनाको बाँकी काम एक वर्षभित्र सक्नेगरी चीनको सिनो हाइड्रोसँग सम्झौता गरेको थियो ।

आयोजनाले काम समयमा भए नभएको बारे मन्त्रालय र समितिले अनुगमन गरिरहेको जानकारी दिएको छ । हालसम्म २७ अर्ब ९४ करोड खर्च भएर ९४ प्रतिशत भौतिक काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।