फागुन ११ गते आफ्नो जन्मस्थल जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्म दिन मनाउन जन्मस्थल तेह्रथुमको आठराई जाने भएका छन् । फागुन ११ प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्य र केही निकट व्यक्तिलाई लिएर जन्मदिन मनाउन जन्मस्थल तेह्रथुमको आठराई जाने तय भएको हो।

यद्यपि प्रधानमन्त्रीले जन्मदिन मनाउने क्रममा के–के गर्ने भन्ने विवरण खुलासा भइसकेको छैन । प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत जन्मस्थल जाने, त्यहाँ आफ्नो जन्म दिन मनाउने र सोही दिन राजधानी फर्किने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओली सोही दिन भौतिक योजना तथा निर्माण मन्त्री वसन्तकुमार नेम्वाङको गृह जिल्ला पाँचथरमा आयोजित एक कार्यक्रममा सहभागी हुने कार्यक्रम पनि तय भएको नेकपा नेतृ सुनिता बरालले जानकारी दिइन्। गत वर्ष प्रधानमन्त्री ओलीले ६८ औ जन्म दिन बालुवाटार परिसरमा आँपको विरुवा रोपेर मनाएका थिए।

उक्त दिन गत वर्ष प्रधानमन्त्री ओलीले केक काटेर बुवा मोहनप्रसाद ओली र पत्नी राधिका शाक्यलाई खुवाएका थिए। गत वर्ष प्रधानमन्त्रीको जन्म दिनमा बलिउड अभिनेत्री जया प्रदासमेत बालुवाटारमा पुगेकी थिइन्।

प्रधानमन्त्री ओलीको जन्म २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।