काम गर्ने तत्परता देखाउनुस, पैसाको व्यवस्था म गर्छु – मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर रकम खर्चै नहुने कुरा दुखद रहेको बताउनुभएको छ । स्याङ्जा जिल्लाको विकास सम्बन्धमा स्याङ्जामा छलफल गर्दै मन्त्री अर्यालले सडकको विषय अझ गम्भीर रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको विकास सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समयमै योजना सम्पन्न गर्ने सन्दर्भमा कर्मचारीले मात्र रकम खर्च गरेनन भन्दा पनि जनप्रतिनिधिहरुले कति सहजिकरण गर्ने भन्ने कुरा पनि महत्वपुर्ण हुने बताउनुभयो । ‘के गर्दा काममा गति दिन सकिन्छ ध्यान दिऊँ ।

योजना नपरेको होइन, काम नभएको हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘अहिलेसम्मका ठेकेदारी प्रकृयामा नै समस्या छ । क्षमता नै नभएकोले एक भन्दा बढी योजना होल्ड गरेर किन राख्ने ? सोचनीय विषय हो कि होइन ?’ छिरलिएको योजनाले समृद्धि आउन नसक्ने भन्दै मन्त्री अर्यालले अलिकति बल गर्दाखेरि सम्पन्न गर्न सकिने योजनाको पहिचान गरेर सम्पन्न गर्ने दिशामा जान पनि आग्रह गर्नुभयो ।

काम गर्नका निम्ति तत्परता देखाएमा बजेटको कुनै समस्या नहुने मन्त्री अर्यालको भनाई थियो । उहाँले भन्नुभयो,’ ‘काम गर्ने तत्परता देखाउनुस, पैसाको व्यवस्था म गर्छु । स्याङ्जाको विकास गर्ने हो भने प्राथमिकताका आधारमा राजनीतिक सहमति गरेर जाऊँ ।’ एक वर्षभित्रमा सम्झौता कार्यान्वयन नगरेमा सिधै सम्झौता खारेज गर्नेगरी खरिद ऐन संशोधन भएको भन्दै उहाँले योजना लिएर सम्पर्कबिहिन ठेकेदारको समस्या अव समाधान हुने बताउनुभयो । अब विकास निर्माणको कार्यान्वयमा देखिएको उदासिनता त्यागेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

‘कार्यान्वयनमा देखिएको उदाशिनता पहिलो नम्बरमा तोडौं । विकासमा, समृद्धिमा एकता आजको आवश्यकता हो । साना साना कुरामा खेलोफड्को गरेर हामी झन पछि पर्दै गएका छौं,’ मन्त्री अर्यालले भन्नुभयो, ‘अब हामी साना कुरामा भुल्ने होइन ।

हामी कसरी आफ्नो जिल्ला बनाउने भन्ने कुरामा विकासमा समन्वय गरेर जाने वातावरण बनाउ ।’ आफ्नो जिल्ला बनाउने अभियानमा एकजुट भएर लाग्न उहाँले आग्रह गर्नुभयो । यस आर्थिक वर्षको बाँकी महिनामा कति काम सम्पन्न गर्न सकिन्छ त्यसमा केन्द्रित भएर जान समेत आग्रह गर्दै मन्त्री अर्यालले प्राथमिकता पहिचान गरेर अलि बढी बजेट त्यहा हालेर जान सुझाउनुभयो ।

परिवर्तनको अनुभूति गराउने हात कर्मचारीहरुको हातमा भएको भन्दै उहाँले कर्मचारीको जिम्मेवारी निर्वाह गर्दै मेरो पालामा नयाँ के काम गर्ने भन्ने योजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।