चीनबाट ल्याईने नेपाली बिद्यार्थीका लागि क डा नियम, नियम तो डे राजा महेन्द्रको कानुनअनुसार का रबाही

काठमाडौं, फागुन २ । सरकारले चीनबाट उ,द्धार गरी नेपाल ल्याउने नेपालीको लागि क,डा ब्यवस्था गरेको छ । चीनमा महामा,रीको रुप लिएको कोरोना भा,इरस फैलिएको स्थानबाट उ,द्धार गरी ल्याउन लागिएको नेपाली बिद्यार्थीको लागि सरकारलेयस्तो क,डा नियम बनाएको हो ।

चीनको हुबेईबाट उ,द्धार गरेर ल्याइएकालाई क्वारेन्टाइनमा राख्दा सरकारको निर्देशन उल्लंघन भए तात्कालिन राजा महेन्द्रको पालामा बनाइएको ५६ वर्ष पुरानो ऐनअनुसार का,रबाही हुने सरकारले प्रष्ट पारेको छ ।

सं,क्रामक रोग रोकथामका सम्बन्धमा नयाँ ऐन नभएकाले राजा महेन्द्रको पालामा बनेको ‘सं,क्रामक रोग ऐन, २०२०’ आकर्षित हुने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा तोकिएको नियमको अ,पहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।

त्यस्तै, सरकारले खटाएका व्यक्तिलाई कसैले काममा बाधा पुर्याए ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने सो ऐनमा व्यवस्था छ । क्वारेन्टाइनमा सरकारको निर्देशनअनुसार असल नियतले खटिने कर्मचारीविरुद्ध कसैले नालिस वा अन्य कानुनी कारबाही गर्न नसकिने पनि ऐनमा व्यवस्था छ । सरकारको निर्देशन उल्लंघन गर्ने जो–कसैलाई का,रबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको छ ।

तात्कालिन राजा महेन्द्रले ०२० मा ‘ज्वरो’ नियन्त्रण गर्न राष्ट्रिय पञ्चायतको सल्लाहमा यो ऐन बनाउनुभएको थियो । देशभर वा देशको कुनै भागमा सं,क्रामक रोग फैलिए वा फैलिने सम्भावना देखिए रोकथाम र निर्,मूल गर्न ऐन जारी भएको थियो । संक्,रामक रोगसम्बन्धी नयाँ ऐन–नियम नबनेका कारण ०२० मा बनेको ऐन नै लागू गर्नुपरेको स्थास्थ्य मन्त्रालयका पदाधिकारीको भनाई छ ।

चीनको वुहानलगायत सहरबाट एक सय ८० नेपालीमा फर्काउन सरकारले शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन)मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा यसअघि नै गराइसकेको छ ।

सर्तनामाअनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको सर्त पालना गर्नुपर्नेछ । सर्तनामा उ,लंघन भएमा क,डा सजायको भागिदार बन्नुपर्ने भएको हो । सरकारले क्वारेन्टाइनमा दुई हप्ता अनिवार्य बस्नैपर्ने, आवश्यक परे अझै बढी राख्न सकिने जनाएको छ ।

त्यस्तै, क्वारेन्टाइनमा रहँदा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, सं,क्रमण रोकथाम र नि,यन्त्रणको सबै व्यवस्थापन हुनेछ । सबै सरकारले तोकेको स्थानमा मात्रै गर्न पाइनेछ । दुई सातासम्म आफन्तसँग भेटघाट गर्न नदिने तथा क्वारेन्टाइनस्थल बाहिर निस्किन नपाउने नियम बनाएको छ ।

नियमित स्वास्थ्य र नमुना परीक्षण गर्दा अ,वरोध गर्न नपाउने पनि उल्लेख छ । कुनै पनि नेपालीमा अहिलेसम्म कोरोना भा,इरसको सं,क्रमण नदेखिए पनि परीक्षण गरी एकिन नहुँदासम्म स,तर्कता नअपनाउँदा नेपालमा पनि सं,क्रमण फैलन सक्ने भन्दै सरकारले उच्च सतर्कतासहित यस्तो सर्तनामा गराएको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपाली र नेपालका कुनै पनि नागरिकमा अहिलेसम्म कोरोनाको सं,क्रमण नरहेको जानकारी यसअघि नै दिइसक्नु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।