नेपालमा कोही बेरोजगार बस्नु परेको छैन – प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमबजारमा आएका सबैलाई रोजगारीको अवसर प्रदान गरेको दा,बी गरेका छन् । संसदमा शनिबार सरकारको कामको बेलिबिस्तार लगाउने क्रममा प्रधानमन्त्री ओलीले श्रम बजारमा आएका कोही पनि नयाँ नेपाली बेरोजगार नरहेको दा,बी गरेका हुन् ।
उनले भने, ‘श्रम बजारमा आएका सबैलाई व्यक्तिलाई रोजगारी दिइएको छ। पुरानाले काम नपाए पनि नयाँ बेरोजगार बस्नु परेको छैन। श्रमबजारमा थपिएकालाई रोजगारी दिएका छौँ ।’
तीव्र आर्थिक विकास गर्ने दश ठूला देशमा नेपाल परेको उनले बताए । ‘पछिल्लो तीन वर्ष ६ प्रतिशतभन्दा माथि छ। जिडिपी १८ प्रतिशत भन्दा माथि पुगेको छ। १.५ प्रतिशले गरिबीको संख्या प्रत्येक वर्ष घटेको छ।’
उनले संसदमा गरेको सम्बोधनको क्रममा मिडिया विधेयक अघि बढेको र विधेयकको विषयलाई लिएर अभिव्यक्ति स्वतन्त्र रोकियो भन्नु उपयुक्त नरहेको दाबी गरे ।


