जाडोका कारण कसैले ज्या,न गु,माउनु परेन
काठमाडौं । विगतमा दुईवर्ष यता जाडोका कारण कसैले ज्या,न गु,माउनु नपरेको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । संसदमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृतवमा सरकार बनेसँगैं क,ठ्याङ्रिएर र शीतलहरका कारण कोही कसैले ज्या,न गु,माउन नपरेको बताएका हुन् ।
उनले राष्ट्रियसभा निर्वाचनले पनि जनता के चाहान्छन् भन्ने प्रष्ट भएको बताए । उनले समग्रतामा सिट संख्या र मतको संख्याले पनि सरकारको समर्थन बढी आएको कुराले सरकारसँग जनता खुशी भएको बताएका छन् ।
उनले ४० वर्षपछि त्रिभुवन विमानस्थल समयमै बनेको बताए । धेरै ठाउँमा एयरपोर्टको विकास विस्तार र रात्रिकालीन सेवा सुरु भएको उनको दाबी छ । सरकार बनेसँगैं दुईवर्षमा सरकारले गरेको कामबारे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेका हुन ।


