मन्त्रीलाई का,लोमोसो द,ल्न गएका आधा दर्जन युवा गि,रफ्तार
घनश्याम मिश्र, धनुषा, ३ फागुन । सामाजिक विकास मन्त्री नवल कि,शोर साहलाई का,लोमोसो गर्न गएका आधा दर्जन युवालाई धनुषा प्रहरीले गि,रफ्तार गरेको छ ।
जनकपुरधाम ८ स्थित जानकी हेल्थ केअर एण्ड टिचिङ हस्पिटलको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन पुगेका मन्त्री साहलाई युवा विद्यार्थीहरुले का,लो झण्डा देखाउनुको साथै का,लोमोसो दल्ने कार्यक्रम राखेका थिए । मन्त्रीलाई राजपा समर्थनका युवा स,मुहले का,लोमोसो लगाउन गएका थिए ।
राजपा धनुषाका जिल्ला अध्यक्ष र विद्यार्थीका समेत केन्द्रीय अध्यक्ष रहेका ज्ञानेन्द्र झा ज्ञानू र मन्त्री साहबीच शुक्रवार भएको सामान्य भना भन पछि अवस्था त,नावग्रस्त बनेको थियो । सोही विषयलाई लिएर आज झा समर्थित यु,वाहरु मन्त्री साहको वि,रोध गर्न राम जानकी अस्पताल पुगेको हो । प,क्राउ गरिएको युवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा लागिएको छ ।



