सरकारको बाँकी १०९४ दिन पनि गफैमा बि,त्ने भो – डा बाबुराम भट्टराई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उपलब्धि नै उपलब्धि हासिल गरेको भन्दै प्रतिनिधिसभामा गरेको सम्बोधनप्रति पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले टिप्पणी गरेका छन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा ७३१ दिनको कामको बखान सुन्दा बाँकी १०९४ दिन (आफ्नै पार्टीले छि,र्केहानेन भने!) पनि यस्तै गफमा बि,त्ने भो भन्ने चि,न्ता लाग्यो’, सामाजिक सञ्चार ट्विटरमा उनले लेखेका छन्।
डा भट्टराईले कमसेकम आफ्ना कमजोरी पनि छन् भन्ने आफैं बुझ्ने वा प्रतिपक्षी दलहरू/मिडियाको आलोचना सुन्ने क्षमता भए पो मान्छे सु,ध्रिन्छ भन्दै ओलीलाई सचेत गराएका छन्।



