य स्तो छ भक्तपुरको खरिपाटीमा चीनबाट फ र्काइएका नेपाली सुत्ने कक्ष

भक्तपुर : भक्तपुरको खरिपाटी स्थित विद्युत् प्राधिकरणमा बनाएको क्वारेन्टाइन भवनमा चीनबाट फर्काइएका नेपाली सुत्ने कक्ष, जहाँ सम्पूर्ण सामानको व्यवस्था गरिएको छ । चीनमा कोरोना भाईरसको महामारी फैलिए पछि नेपाल सरकारले चीन सरकारसँग चार्टर उडानको अनुमती लिई कोरोना फैलिएको आसपासमा अध्ययनरत बिद्यार्थीहरुलाई लिन शनिबार दिउँसो ३ बजेर ५० मिनेटमा नेपाल एरलाईन्को जहाज पठाएको छ ।

विद्यार्थीहरुलाई शनिवार राती अर्थात् आईतबार बिहान नेपाल ल्याउने तयारीका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हाे । कोरोना भा’इरसको प्रकोप फैलिएको चीनको हुवेई प्रान्तमा रहेका १ सय ८५ जना नेपालीलाई उद्धार गर्न सरकारले नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी विमान पठाएको स्वास्थ्य मन्त्रालयले विमानस्थमा आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विमान चीन पुगेको २ घण्टा भित्रै नेपालीहरुलाई लिएर उड्ने तयारी भैरहेको छ । सम्भवत नेपाली टोली बोकेको बिमान आइतबार बिहान सम्म काठमाडौ पुग्ने छ । उता चीनका विभिन्न ठाउँमा रहेका नेपालीलाई पाँचवटा बसमा शनिवार साँझ सम्म हुबेई प्रान्तका वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको बेइजिङस्थित नेपाली दूतावासले गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट ल्याइने नागरिकलाई खरीपाटीस्थित क्वारेन्टाइनसम्म लैजान पाँचवटा बस र पाँचवटा एम्बुलेन्स प्रयोग गरिन्छ । चीन गएका स्वास्थ्यकर्मीहरु खरीपाटीमा पनि उनीहरुको हेरचाहमा खटिने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई १४ देखि १७ दिन सम्म क्वारेन्टाइनमा राख्ने जनाएको छ । चीनबाट ल्याइने टोलीमा ४४ महिला रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।