चीनबाट नेपाल ल्याउनु अघि १७५ जनालाई यस्तो पत्रमा हस्ताक्षर गराइएको थियो

काठमाडौं । लामो समयको प्रतिपक्षापछि कोरोनाभा,इरस अतिप्रभावित मुलुक चीनबाट उद्धार गरिएका १७५ नेपालीलाई भक्तपुरको खरिपाटीमा राखिएको छ । कोरोनाभाइरस अतिप्रभावित चीनको हुबेइ प्रान्तस्थित विभिन्न सहरबाट उ,द्धार गरिएका १७५ जनलाई आइतबार काठमाडौं ल्याएर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको हो ।

१८५ जना स्वदेश फर्कन आवेदन दिए पनि १७५ नेपाली स्वदेश आइपुगेका हुन् । उनीहरुलाई स्वदेश फर्काउन बेइजिङस्थित नेपाली दूतावासले सबै व्यवस्था मिलाएको थियो । उनीहरुलाई नेपाल पठाउनु अघि दूतावासले सबैजनालाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको छ । १७५ जनालाई नै सरकारले निश्चित गरेको समावधीभर क्वारेन्टाइनमा बस्न मन्जुर छु भनि प्रतिबद्धाता पत्रमा हस्ताक्षर गराइएको हो । यस्तो छ प्रतिबद्धता पत्रको व्यहोरा :

प्रतिवद्धता पत्र

म खरिपाटी, भक्तपुरस्थित नेपाल सरकारद्वारा व्यवस्था भएको क्वारेन्टाइनमा म स्वेच्छाले सहभागी भएको हुँ । म राजीखुसी यस क्वारेन्टाइनमा नेपाल सरकार, सम्बन्धित व्यक्ति तथा स्वास्थ्यकर्मीद्वारा प्राप्त निर्देशन, आचारसंहिता र गर्न हुने/गर्न नहुने निर्देशन पूर्णरुपले पालना गर्दै तोकिएको अवधिभर क्वारेन्टाइनमा बस्न मन्जुर छु ।

क्वारेन्टाइनको दौरानमा यदि मैले कुनै पनि किसिमको अटेर गरेमा, आफ्नो, अरुको तथा सरकारी सामानको क्षति पुर्‍याएमा वा बिना अनुमति भागेमा वा भाग्न खोजेमा प्रचलित ऐन नियम कानुन बमोजिम सजाय भोग्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछु ।

उक्त व्यहोराका प्रतिबद्धता पत्रमा नेपाली फर्केका सबै नेपालीको दायाँबायाँ औठाछापसहित सम्पूर्ण विवरण खुलाएर हस्ताक्षर गराइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।