बहस सकिएलगत्तै महराको ठट्टा- फैसला भैसक्यो, अब २० वर्ष जे,ल बस्नुपर्ने भयो

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा आइतबार हेर्दाहेर्दैमा राखेको छ । बहस सकिएलगत्तै अन्तिम आदेश आउने पर्खाइमा रहेका महराले आफन्तसँगको कुराकानीका क्रममा ठट्टा गर्दै अदालतबाट फैसला भइसकेको र आफु २० वर्ष जे,ल बस्नुपर्ने भएको बताएका थिए ।

दुवै पक्षबाट बहस सकिएपछि इजलासको बाहिरपट्टि बरण्डामा बसिरहेका महरालाई आफन्तले के भयो ? भनेर सोधेका थिए । प्रतिउत्तरमा ठट्टा गर्दै महराले भने, ‘फैसला भैसक्यो, अब २० वर्ष जे,ल बस्नुपर्ने भयो । मेरोविरुद्ध थाहा पाइहाल्नुभएको छ नि ।’

कालो ज्याकेट र ढाका टोपीमा उपस्थित भएका महरा हँसिलो अनुहारमा थिए । उनले आफन्त र कानुन व्यवसायीसँग ठट्यौली शैलीमा थपे, ‘नछुटे पनि केही हुँदैन । डिल्लीबजार कारागार घर भैसक्यो । आज ३ महिना १७ दिन भइसक्यो त ।’

जिल्ला अदालत काठमाडौंको सुरुको आदेशपछि आँखामा आँ,सु निकालेका महरा जिल्ला अदालतमा अन्तिम बहसका क्रममा भने हँसिलो अनुहारमा उपस्थित भएका थिए । अदालतबाट का,रागारतर्फ जानेक्रममा पनि उनले सबैलाई हात हल्याए ।

महरा प्र,करणमा जिल्ला अदालतले मु,द्दा हेर्दाहेर्दैमा राखेकाले अब भोलि मात्र अन्तिम फैसला आउने भएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा पक्ष विपक्षका कानुन व्यवसायीले आइतबार अन्तिम बहस गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖