नेपाली जनताको माया र स्नेहले बाँचेको छु – प्रधानमन्त्री

काठमाडौं,४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको स्नेह, माया र ममताका कारण आफू चारपटक ‘अ,परेसन’ गरेर पनि बाँ,चेर काम गर्न सफल भइरहेको बताउनुभएको छ ।

आज गृहनगर झापाको दमकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको शुभकामना र शुभेच्छाले यस देशलाई भ्र,ष्टाचार रोक्दै विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका निम्ति आफू बाँचेको बताउनुभयो । उहाँले आफू ४६ वर्षदेखि रोगसँग ल,डिरहेको उल्लेख गर्दै रोग, प्रतिक्रियावादी र जनवि,रोधीसँग ल,ड्न ड,र नलाग्ने बताउनुभयो । आफू बिरामी भए पनि आ,त्मविश्वास द,ह्रो भएकाले अझै केही वर्ष बाँचेर नेपाली जनताको हितमा काम गर्ने उहाँको भनाइ थियो ।

“यस क्षेत्रका जनताप्रति कृतज्ञता र आभार व्यक्त गर्छु”, उहाँले भन्नुभयो, “तपाईंहरुकै कारण देश र जनताका निम्ति काम गर्न पाएँ, घरघरमा गएर बालबालिकालाई मेरो स्नेह सुनाइदिनोस् र ज्येष्ठ नागरिक, साथीभाइ सबैलाई मेरो नमस्कार सुनाइदिनोस् ।”

आफूले धेरै वर्षअघि दमक नगरपालिकामा चक्रपथ बनाउने सपना देखेको र आज पूरा भएको उहाँले बताउनुभयो । उहाँले देशले विकासको बाटो लिएको बताउँदै आआफ्ना स्थानबाट आत्मविश्वास र उत्साहका साथ सबैलाई जुट्न आग्रह गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।