क्रिकेट रंगशालाः ३५ आइचर रोडाबालुवा लिएर नुवाकोटका व्यवसायी चितवन आए

चितवन, फागुन ४ : चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नुवाकोटका व्यवसायीले रोडा,बालुवा सहयोग गरेका छन्। आज विहान रोडा,बालुवा बोकेका आइचर रंगशाला पुगेका छन् । आइचर व्यव सायीले रंगशालाका लागि निःशुल्क ३५ आइचर रोडा,बालुवा सहयोग गरेका हुन् । व्यवसायीले रंगशाला निर्माणमा हातेमालो गर्न सहयोग गरेको बताएका छन् ।

त्यस्तै, पछिल्लो समय विभिन्न जिल्लाबाट निर्माणका सामाग्री सहयोग गर्नेक्रम बढेको छ। नेपाल कै गौरवको परियोजनाका रुपमा लिइएको चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग जुटाउने उद्दे श्यले केहि समय धनधान्यान्चल महोत्सव समेत संचालन गरिएको थियो । महोत्सवको राजकीय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्ते र श्रीलंकाका भिक्षु पानासारा थुरुले संयुक्तरुपमा समापन गरेका हुन् ।

समापन समारोहका प्रमुख अतिथि राजकीय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्तेले गौतम बुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशाला निर्माण अभियानमा कुनै जात र धर्म संस्कृति भन्दा माथि उठेर सबैले सहयोग गरेकाले सफल हुने विश्वास व्यक्त गरेका थिए । नेपाललाई गौतमबुद्धको देश भनेर चिनिने प्रसङ्ग जोड्दै उनले छिट्टै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको देश भनेर पनि चिनिने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।