खाली बासुंरी बजाएको मात्र देख्छन्, काम गरेको देख्दैनन् – प्रधानमन्त्री (भिडियो सहित)
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गु,नासो गरेका छन् । संञ्चारमाध्यमको भूमिका, संञ्चारमाध्यममा आएका समाचार प्रति सधै असन्तुष्ठी जनाउदै आएका प्रधानमन्त्री ओलीले सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा पनि संञ्चारमाध्यमले दिने गरेको प्राथमिकताको विषयमा गुनासो गर्न विर्सनुभएन ।
काठमाण्डौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही संचार माध्यमले फेरी पनि बासुरी नै बजाएको समाचार दिने बताए । आफुले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको दुखेसो पनि पोखेका छन् ।
प्रधानमन्त्रीले भने “कुनै कुनै सञ्चार माध्यमले यो न्यूज दिन भन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलीपनि । दया लाग्छ । देश विकास हुन लाग्दा पिर किन परेको त्यो छक्क लाग्छ । कुनै कुनै भन्ने शब्द प्रयोग गर्या छु । कुनै कुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काटेर पठाउँछन् । भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन् । यो फोटै छाप्दैनन् । ”

प्रधानमन्त्रीले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताए । सरकार देश विकासमा अघि बढीरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो पनि उनले गरेका छन् । आफुले तुईन विस्तापित गर्छु भन्दै प्रगती पेस गर्दै गर्दा संचारमाध्यमले दार्चुला पुगेर भएपनि तुईनको फोटो खिचेर छाप्ने गरेको गुनासो पनि उनले गरेका छन् ।
उनले भने “मैले देखेँ एक जना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लीज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारेँ अरे । अनि मलाई चाहि यो बौद्धिकता देख्दा दया लाग्छ । देश विकास मजाक होइन । देश विकास आग्रह पुर्वाग्रहको विषय होइन । देश विकास साझा अभिभारा हो । साझा कर्तव्य हो । हामी विकास गरिरहेका छौ भने खुसी हुनुपर्ने । तुईन विस्थापित भएकोमा रुवाबासी छ कतिको । अचम्म लाग्छ । दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन् । दुईवटा तुईन विस्थापित गर्न बाँकी छ त्यहाँ । कति दुख गर्या होला ? कठै बरी ।”


