प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा शिवमायालाई कानुनमन्त्रीमा नियुक्त

काठमाडौं । पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे मन्त्रीमा नियुक्त भएकी छन्। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तुम्बाहाङ्फेलाई उक्त मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जनाएका छन्।

यसअघि उक्त मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए। नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले सोमबार नै पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन्। उपसभामुख तुम्बाहाङ्फेले गत महिना उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर पदबाट राजीनामा दिएपछि सत्तारुढ नेकपाले उपसभामुख तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा दिन लगाएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।