तेह्रथुमको शुक्रबारेमा १४ जिल्लाका एक सय बढि पत्रकार भेला हुने
धनकुटा खबर, ५ फागुन । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेश न १ को विस्तारित बैठक तेह्रथुमको शुक्रबारेमा आयोजना हुने भएको छ ।
नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेश न १ को आयोजना तथा नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज तेह्रथुम शाखाको संयोजनमा फागुन ८ र ९ गते बैठक आयोजाना हुन लागेको नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेश न १ का महासचिव विदुर खवासले जानकारी दिनु भयो ।

महासचिव खवासका अनुसार दुईदिनसम्म चल्ने भेलामा १४ जिल्लाका करिब एकसय पत्रकारहरु सहभागी हुनेछन् । विस्तारित बैठकको तयारी समेत तिव्र पारिएको आयोजकले जनाएको छ ।


