अन्तराष्ट्रिय मापदण्ड अनुसार काठमाडौं सहर बनाउने अभियानमा सरकार

काठमाडौं । अन्तराष्ट्रिय मापदण्ड अनुसार काठमाडौं सहरपनि अब विकास हुने भएको छ । संसारका हरेक देशमा विकासका आफ्ना आफ्ना मोड्लहरु हुन्छन् । जुनसुकै सहर होस त्यसको प्रमुख आकर्षक भनेको त्यहाँ निमार्ण गरिएका पुर्वाधारहरुको आधुनिकरण र विकासलाई प्रतिबिम्बित गर्दछ ।

संसारका विकसित शहरहरुमा आकर्षक सड्क, विधुत लाइन, सड्क बत्ति, टेलिफोन, सड्कमा कुदिएका पार्कहरु, सपिङ्ग महलहरुको व्यवस्थापन, भवनहरु, बसपार्क, ढलको विकास, एयरपोर्टको उचित व्यवस्थापनकै कारणबाट शहरको आधुनिकिकरण र विकास कस्तो छ भन्ने मापन गरिएको हुन्छ ।

भौतिक पुर्वाधार अनुसार नै मानिसहरुका सोच र व्यवहार परिर्वतन हुन्छन् । विश्वका धेरै देशहरुले पुर्वाधार निमार्ण गर्दा यस्ता विषयमा ध्यान दिएका हुन्छन् । तर हामी कहाँ सडक निमार्ण गर्ने, पछि ढलको व्यवस्थापनका लागि भत्काउने ,पानीका पाइप विछयाउने फेरि सड्क खन्नुपर्ने जस्ता कार्यले बजेट व्यवस्थापनमा पनि खर्चिलो र जनताले त्यतिकै सास्ती भोग्नुपरिरहेकोे छ ।

नेपालमा पुर्वाधार निमार्णगर्दा पहिलेका शासकहरुमा यस्ता आधुनिक सोच र भिजन भएको भए त्यही बजेटले भविष्यको परिकल्पना अनुसार आधुनिक सहर बिस्तारका लागि बिजुलीका तार, टेलिफोन, इन्टरनेटका तारको व्यवस्थापन हुन्थ्यो होला तर अहिले त्यही काम केपी शर्मा ओलीको सरकारले गरिरहेको छ ।

बिजुलीका तार भूमिगत गर्ने कार्यको आज शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, बिजुली, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्छ । यसबाट जनतालाई पनि सहज हुने बताउँदै उहाँले भन्नुभयो, ‘चराले गुँड बनाउने गरी गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ ।

पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम गरेका छौं ।’हुनपनि हो, सहरलाई नै कुरुप बनाउने गरी चोक–चोकका पोलमा थेग्न नसक्ने गरी तारको गुजुल्टो बनाइएको छ । कहिलेकाँही तारको भार थेग्न नसकेर पोल ढलेर दुर्घटनापनि निम्तिएका छन् । काठमाडौंबासीले जोखिम मोलेर यात्रा गरिरहनुपरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अव काठमाडौं शहरले काँचुली फेर्ने अभियानमा छ । संसारभरकै शहरी मापदण्ड अनुसार काठमाडौंको शहरपनि अब व्यवस्थित हुनेतर्फ अगाडि बढिरहेको छ । शहरको आफ्नै सौन्दर्य हुन्छ । जताततै विद्युत् र टेलिफोनका तारका कारण सहर कुरुप मात्रै बनेको छैन, कतै चुडेको तार भुँइमा लत्रिरहेको छ ।

करेन्ट लागेर कतिले ज्यान गुमाउनुपरेको छ , सडकमा हिड्दा करेन्ट लाग्छ कि भनेर डराउँदै हिँड्नुपर्ने वाध्यता छ, दुर्घटनाको जोखिम कम गर्नका लागि प्रसारण तथा वितरण प्रणाली भूमिगत गर्न जरुरी थियो ।

वर्तमान सरकारले अन्डरग्राउण्ड तार विच्छ्याउने प्रक्रिया अघि बढाएको छ जुन निकै नै प्रशंसनीय कार्यको थालनी भएको छ । अव्यवस्थित तारको व्यवस्थापनले अब सहर सुन्दर र सहरबासी सुरक्षित हुनेछन् भने आशा पलाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।