अख्तियारको व्यवहार र कार्यबाट स,न्तुष्ट हुने ठाउँ छैन – देउवा
तारा आचार्य, विराटनगर, ६ फागुन । नेपाली कांँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले संवैधानिक नियुक्तिहरुलाई नि,ष्पक्ष र स्वतन्त्र बनाउन संसद प्रति उत्तरदायी बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ ।
मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसंग सभापति देउबाले संवैधानिक अंगहरुले सरकारको निर्देशनमा काम गर्न लागेकोले यसलाई नि,ष्पक्ष र स्वतन्त्र बनाउन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
उहाँले पछिल्लो समय अख्तियारको व्यवहार र कार्यबाट आफुहरु स,न्तुष्ट हुन नसकेको स्पष्ट पार्नुभयो । म,हाभियोग लगाउनु हुन्छ त भन्ने प्रश्नमा सभापति देउबाले आफुहरुसंग म,हाभियोग लगाउने संख्या नभएकोले संसदीय तरिकाले नै ल,डाई ल,ड्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विगतमा पनि पञ्चायतसंग ल,ड्दै आएकाले ल,डाई त्यसरी नै ल,डिने प्रष्ट पार्नुभयो ।
सभापति देउबाले सरकारले अहिलेसम्म दुईवटा पनि राम्रो काम नगरेको बताउनु भयो । उहाँले सरकार अ,धिनायकवाद तर्फ गईरहेको भन्दा कसैले न,पत्याएको र अहिले सोही कुरा व्यवहारमा देखिन थालेको धारणा व्यक्त गर्नुभयो ।
सभापति देउबाले पार्टी भित्र सहमतिको प्रयास गरिने र स,हमति नभए निर्वाचनबाट ने,तृत्व छानिने पुरानो परम्परालाई निरन्तरता दिने जानकारी दिनुभयो ।


