एमसीसी टेबुल गर्न अनुमति नदिएको कारण मलाई फ,साईयो – महरा

काठमाडौ । पूर्वसभामुख कृष्ण बहादुर महराले आफुले कुनै किसिमको ग,ल्ति नगरेको दा,बी गर्दै आफुलाई सुन्योजित रुपमा फसाइएको उल्लेख गरेका छन् । इमेज च्यानलसंगको कुराकानीका क्रममा सांसद महराले कसका कारण आफु जे,ल जानु परेको भन्ने कुरा खुलाउन चाहेनन् ।

आफुलाई सुन्योजित रुपमै फ,साइएको स्वीकारेका महराले भने अहिले कसले र के कारणले फ,साए भन्ने विषयपछि मात्र खोल्छु भन्दै जवाफ दिएका छन् । रोशनी शाहीसंगको स,म्बन्धको विषयमा समेत आफु अहिले बोल्न नचाहेको बताएका छन् । अदालतले फैसला जे सुनायो त्यो नै सत्य हो भनि दा,बी समेत गरेका छन् महराले ।

सभामुख पदबाट राजिनामा दिनुपर्ने विषय देखि जे,ल यात्रा विषयमा महराले भने, “मैले कुनै खालको ग,ल्ति गरेको थिईन जुन म ढुक्क थिएँ । मलाई फ,साइएको हो र यो कुरा म चाडै नै सार्वजनिक गर्नेछु । म माथि आ,रोप लागे पश्चात मैले सार्वजनिक पदबाट राजिनामा दिएर अनुसन्धानलाई सहयोग गरेको थिए ।”

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न न मानेको कारण फसाइयो भन्ने प्रश्नमा महराले भने, “मैले एमसीसी अनुमोदन गर्दिन कहिले पनि भनेको थिईन । मैले नै यो विषय उठाएको हुँ र यो विषयमा मलाई भन्दा बढि अरुलाई थाहा पनि छैन होला । यो अनुमोदन हुन्छ तर अलिपछि गरौला भनेर टेबुल गर्न अनुमति नदिएको चाहिँ हो । त्यहि कुराले पनि मलाई फ,साउन खोजेको हो जुन कुरा प्रधानमन्त्री ज्युले पनि भनिसक्नु भएको छ । कसले र किन भन्ने कुरा म कुनै दिन खु,लस्त भन्ने नै छु ।”

यस का,ण्डमा सफाइ पाएकोमा खुशी भएका महराले आफ्नो राजनीतिक यात्रा नसकिएको समेत जि,किर गरेका छन् । आफु फेरि सक्रिय भएर राजनीतिमा लाग्ने उल्लेख गरेका छन् । जनताले आफु बाहिरिदा साथ र समर्थन दिएको देख्दा यस मु,द्दाले कुनै खालको स,मस्या नपरेको कुरा समेत प्रष्टाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।