पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति प्रधानमन्त्री ओलीको यस्तो व्यंःग्य

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति व्यं,ग्य गर्नुभएको छ । चौथो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले आयाेजना गरेकाे कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्ताे अभिव्यक्ति दिनुभएकाे हाे ।

केही मानिसहरुले ‘भविष्यका कुरा नगर, भविष्यका कुरा गरेर जनताको मनोबल नउठाउ’ भनेर अर्ति उपदेश दिएको भन्दै प्रधानमन्त्री अ‍ोलीले व्यं,ग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नि, यस्ताे सुनिन्छ । भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्र भविष्यको कुरा गरेर जनताको मनोबल नउठाउ, विगततिर हेर भन्या सुनिन्छ । यो एउटा प्रतिगामी उद्देश्यसहितको सोचको प्रकटीकरण हो ।’

पूर्वजहरुको गौरवलाई सधैँ सम्मान गर्ने उल्लेख गर्दै ओलीले पूर्वजहरुका पौरख र उपलब्धिहरुको सम्मान गर्ने बताउनुभयो । ओलीले विगतका न,कारात्मक कुराहरु पनि आफूले नबिर्सेको बताउनुभयो। दरबार ह,त्या,का,ण्ड, माघ १९ जस्ता काला उद्देश्य प्रकटीकरण भएका काला दिनहरु पनि सम्झिरहेको उल्लेख गर्दै ओलीले हाम्रो स्मरण शक्ति कमजोर छ भनेर नसोच्न आग्रह गर्नुभयो ।

चौथो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले आयाेजना गरेकाे कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।