एमसीसीबारे कार्यदलले सुझाव मात्र दिने, निर्णय नगर्ने, संसदबाटै पास हुने : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, ७ फागुन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी संसदबाटै पास हुने दोहोर्याउनुभएको छ । तीन दिने बंगलादेश भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कनुभएका मन्त्री ज्ञवालीले संसदबाट पारित गर्ने उद्देश्यले विधेयक पेश गरेको बताउँदै एमसीसी पास हुने दावी गर्नुभएको हो ।

उहाँले नेकपाको केन्द्रीय कमिटिले एमसीसी अध्ययन गर्न गठित कार्यदलको काम अध्ययन गर्ने मात्र भएको पनि प्रष्ट पार्नुभयो । कार्यदलको काम अध्ययन गर्न मात्र भएको बताउनुहुने मन्त्री ज्ञवाली तेश्रो व्यक्ति हुनुहुन्छ । यसअघि, एमसीसी अध्ययन गर्न गठित कार्यदलको काम र कर्तव्यलाई लिएर नेकपा अध्यक्षद्वयले टिप्पणी गर्नुभएको थियो ।

सोही टिप्पणीलाई लिएर कार्यदलका सदस्य भीम रावलले जथाभावी अभिव्यक्ति नदिन पार्टी नेतृत्व र सरकारका मन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

यस्तै, फरक प्रसंगमा मन्त्री ज्ञवालीले सगरमाथा संवादको पहिलो बैठक नेपालमा हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । चीनमा फैलिएको कोरोना भाइरसका कारण बैठक प्रभावित हुने आशंका भइरहँदा उहाँले बैठक हुने दावी गर्नुभयो ।

सरकारले चैत २० देखि २२ गते काठमाडौंमा जलवायु परिवर्तनका सन्दर्भमा सगरमाथा संवादको आयोजना गर्दैछ । बैठकमा विभिन्न मुलुकका प्रमुख नेपाल आउने सरकारले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।