फेरि सुरु भयो व र्षा र हि मपात
काठमाडौं, फागुन ८ । केही दिनयता सामान्य रहेको नेपालको मौसममा पश्चिमी वायुको प्रभाव सुरु भएकाे छ।
यसले बुधबार रातिदेखि नै पश्चिमी क्षेत्रका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसविद् शान्ति कँडेलले जानकारी दिइन्।
‘यो प्रणाली बुधबार राति नै नेपाल प्रवेश गरेको हो,’ बिहीबार बिहान उनले भनिन्, ‘जसको प्रभावले रातिदेखि नै नेपालको पश्चिमी क्षेत्रको पहाडी भेगका एक/दुई स्थानमा वर्षा तथा हिमाली भेगका एक/दुई स्थानमा हिमपात सुरु भइसकेको छ।’
यसैगरी आज (बिहीबार) पनि देशभर बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनमे सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिइन्।
‘यो भोलि (शुक्रबार)देखि अझ सशक्त हुने देखिएको छ,’ उनले भनिन्, ‘पश्चिमी पहाडका धेरै स्थान र मध्य तथा पूर्वी पहाडका थोरै स्थानमा वर्षा हुने देखिन्छ।’
उच्च पहाडी तथा हिमाली भेगमा हुने हिमपातको अनुपात पनि क्षेत्रगत आधारमा यस्तै रहने उनको अनुमान छ।-नेपाल खबर


