सन्चारमन्त्री गोकुल बाँस्कोटाले आजै राजीनामा दिने

काठमाडौं । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् ।

बिहिबार अर्थात आज नै उनले दिउँसो राजीनामा दिने सुचना प्राप्त भएको छ । जसअनुसार अहिले सन्चारमन्त्री गोकुल बाँस्कोटा काठमाडौंबाहिर छन् । उनले काठमाडौं फर्किएलगत्तै राजीनामा दिनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बताएका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको उनको वार्तामा पनि उनलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले बताए ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग बा,र्गेनिङ ७० करोड कमिसनको बा,र्गेनिङ भएको अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो ।

अडियोमा स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिदा ७० करोड आउने र त्यसको ७० प्रतिशत मन्त्रीको भागमा पर्ने , कम्पनीले पनि १५।१६ करोड राख्ने भन्ने जस्ता कुरा सार्बजनिक भएका थिए ।

कञ्चनपुर पुनर्वासमा सञ्चार मन्त्री गोकुल बास्कोटाको लाईभ भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।