मन्त्री बाँस्कोटाको सार्वजनिक अडियोबारे ओली-दाहाल बीच छलफल

काठमाडौं । सेक्युरिटी मेसिन खरिदबारेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अभिव्यक्ति सार्वजनिक अडियो प्र,करणबारे प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।

मन्त्री बाँस्काेटाको अडियो अभिव्यक्ति विभिन्न संचारमाध्यममा छताछुल्ल भएपछि प्रधानमन्त्री ओलीसँग सल्लाह गर्न अध्यक्ष दाहाल बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबिचकाे छलफलपछि सञ्चारमन्त्री बाँकोटालाई भेटेर एकपटक त्यसबारे स्पष्टिकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआए राजीनामा माग्ने निर्कषमा पुगेको स्रोतले जनाएको छ ।

सञ्चारमन्त्री बाँँस्कोटा अहिले महेन्द्रनगरकाे बेलडाँडीमा हुनुहुन्छ । उहाँ त्यहाँबाट फर्कने तयारी गरिरहनुभएको छ । मन्त्री बाँँस्कोटा बेलडाँडीबाट फर्केर सोझै प्रधानमन्त्री ओली तथा अध्यक्ष दाहाल कहाँ पुग्नुहुनेछ ।

प्रधानमन्त्री ओली तथा अध्यक्ष दाहाललाई भेटेपछि उहाँले राजीनामा दिने सम्भावना प्रबल रहेकाे प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ । ‘उहाँको कुरा उहाँ आफैले भन्नु हुनेछ’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘मन्त्री पद उहाँकोे लागि आजै अन्तिम पनि हुन सक्छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।