कञ्चनपुरमा सञ्चारमन्त्री बास्कोटालाई १३ किलोको माला

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा बुधवारदेखि १३ औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको छ। मेलाको उद्घाटन गर्न सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा कञ्चनपुर पुगेका थिए।

मेलाको उद्घाटन गर्न पुगेका मन्त्री बास्कोटालाई कञ्चनपुर उद्योग बाणिज्य संघका पदाधीकारीहरुले १३ किलोको मालाले स्वागत गरे। उ,द्घाटनपछि उनले मेलालाई सम्बोधन समेत गरे। सम्बोधनका क्रममा उनले एमसिसी तथा सीमा वि,वादका बारेमा चर्चा गरेका थिए।

मन्त्री बास्कोटाले एमसिसी नेपालको हितमा भएमात्रै लागू हुने बताए। उनले दार्चुलास्थित नेपाली भू,मि फिर्ताका लागि राजनीतिक र कूटनीतिक ढ,ङ्गबाट सरकार अघि बढेको बताए। निजी क्षेत्रले पा,रदर्शीरुपमा राज्यलाई कर तिर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशमै लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।

सरकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय साधन स्रोतको अधिकतम उपयोग गरी उत्पादकत्व बढाई युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति लिइएको मन्त्री बास्कोटाको भनाइ थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।