निवर्तमान सञ्चारमन्त्री बास्कोटाको सचिवालयमा अख्तियारको छापा, कागजात ब,रामद
काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा अख्तियारले छा,पा मा,रेको छ । से,क्युरिटी प्रिन्टिङ मेसिन खरिदमा बा,र्गेनिङ्ग गरेको अडियो बहिरिएपछि वि,वादित बनेर रा,जिनामा दिएका उनको सचिवालयमा बिहिबार अख्तियारले छापा मा,रेको हो।
अख्तियारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छापा मा,रेर बास्कोटाका कागजपत्र सिलबन्दी गरेको छ । बिहीबार मन्त्रालय पुगेका अख्तियारका सादा पोशाकका प्रहरीले निजी सचिवालयको कागजात जफत गरी मन्त्रीले प्रयोग गर्ने दराजमा रहेका कागजात सिलबन्दी गरेका छन् ।
बुधबार बेलुका मात्रै बा,र्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बिहीबार बास्कोटाले मन्त्रीपदबाट रा,जीनामा दिएका थिए ।


