चुनावको खर्च उठाउने प्र,वृत्ति बढ्यो – पूर्व कानुनमन्त्री तामाङ
काठमाडौं । पूर्व, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका नेकपा सांसद शेरबहादुर तामाङले कमिसन डिल प्र,करणले नेपालको शासकिय स्वरुपमा नै प्रश्न उठाएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकपछि पत्रकारसँग कुराकानी गर्दै तामाङले नेता, नेतृत्व र जननिर्वाचित व्यक्ति जनताप्रति भन्दा निर्वाचनको खर्च उठाउने तर्फ केन्द्रित भएको बताए ।
तामाङले भने, ‘जननिर्वाचत व्यक्ति जनताको मतप्रति व,फादार बन्नु भन्दा निर्वाचन खर्चप्रति ब,फादार हुने प्रवृत्ति बढ्यो । मैले क,मिसन कानुन बनाएर कमिसन राज्यको खातामा हाल्नुपर्नै कानुन ल्याउन खोजेको थिए । सरकारले कमिसन कानुन ल्याउनुपर्छ ।’
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले एजेन्टसँग कमिसनका विषयमा मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि पदबाट रा,जीनामा दिएका छन् ।


