विनोद चौधरीलाई गोकुल बाँस्कोटाले भनेका थिए,- २० करोड राख्ने मेरो घर नै छैन

काठमाडौं । दुई हप्ता अघि सिजी कम्युनिकेशनले २० अर्ब रुपैयाँ तिरेमात्रै लाइसेन्स पाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोवटाले पाउने अभिव्यक्ति दिए । यसपछि सिजी कम्युनिकेशनका मालिक अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आपत्ति जनाए । यसपछि मन्त्री बाँस्कोटा र चौधरी ग्रुपबीच आ–आफ्नो अभिव्यक्ति र अ,डानको र,क्षा गर्दै एकअर्कामाथि प्रश्न उठाए ।

सरकारको निर्णय सार्वजनिक गर्न गत माघ २३ गते बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सिजी कम्युनिकेशनले २० अर्ब रुपैयाँ तिरेर मात्र टेलिकम कम्पनीको लाइसेन्स पाउने बताएका थिए ।

यसको भोलिपल्ट शुक्रबार सामाजिक सञ्जालमा ट्वीटरमा मन्त्री बाँस्कोटालाई मेन्सन गर्दै चौधरीले लेखेका थिए्, ‘माननीय सञ्चारमन्त्री गोकुल बाँस्कोटाज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । २० अर्ब रकम १० वर्षमा फरक कि,स्तामा चु,क्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दुःखद् छ। सबै भ्र,मउपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसनका तर्फबाट म उ,त्सुक छु।

यसपछि दुवैतर्फबाट आ–आफ्ना धारणा आइरहे । यसैक्रममा सञ्चारमन्त्री बाँस्कोटाले राजश्वको कुरा गरेको हो, आफ्नो लागि नमागेको बताए । उनले २० अर्ब त के २० करोड राख्ने मसँग घर र ठाउँ नै नभएको चौधरी ग्रुपलाई जवाफ दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।