शिबरात्रीमा डोरीटाँगेर सहयोग माग्दैगरेका बालकलाई बसले डोरीसहित ल,तार्दा ज्या,न गयो
दोलखा, ०९ फागुन । शिवरात्रि मनाउनका लागि डोरीटाँगेर सहयोग माग्दै गरेका एक बालकको ज्यान गएको छ । कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले कि,चेर ज्यान गएको हो ।
सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नंको बसले आज ११ः३० बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले कि,चेको हो ।
ठ,क्कर दिँदा उनको घ,टनास्थलमै ज्या,न गएको प्रहरीले जनाएको छ । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बसले डोरीसहित ल,तार्दा पछाडिपट्टिको चक्काले किचेर ज्यान गएको स्थानीयवासीले बताएका छन् ।
मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ ।


