राजीनामा दिएका बाँस्कोटालाई पार्टीले छानबिन गर्नुपर्दैन – प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका संचार मन्त्री गोकुल बाँस्कोटालाई पार्टीले छानबिन गर्नु नपर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्नु नपर्ने बताएका हुन् ।

सचिवालय सदस्यहरुले बाँस्कोटाको सम्बन्धमा छानबिन समिती बनाएर तथा नि,लम्बन गरी सार्वजनिक भएको अडियोसम्बन्धमा अनुसन्धान गर्नु पर्ने प्रस्ताव गरेका थिए । तर, ओलीले यस प्रस्तावमा सहमत भएनन् ।

‘बाँस्कोटाले राजीनामा दिइसकेका छन्, अब उनीमाथि राज्य सं,यन्त्रले नै छानबिन गर्छन्,’ ओलीको भनाइ थियो, ‘राज्य सं,यन्त्रले नै छानबिन गर्ने भएपछि पार्टीले छु्ट्टै छानबिन गर्नु पर्दैन् ।’

सचिवालय बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न महाराजगंजस्थित राष्ट्रपति निवास पुगेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖