वाह ! यस्तो पो परिवार, बाबु-छोरा पाइलट आमा एयर होस्टेज

काठमान्डौ : कोठाका भित्ताभरि दर्जन तस्बिर छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्य कक्षको शोभा बढाएको छ । तस्बिरमा भएकामध्ये कतिपय जहाज अहिले ‘फेज आउट’ भइसकेका छन्, कति चाहिँ त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा ‘घाम तापिरहेका’ छन् ।

उनको बाल्यकाल तिनै जहाज उडाउने पाइलट बन्ने सपनाका साथ बित्यो । जबकी अभिभावक चाहन्थे उनी डक्टर बनुन् । अभिभावकको इच्छा विपरित पाइलटका रूपमा उनले जहाज उडाउन थालेको पनि १२ वर्ष बिति सकेको छ । उनी अहिले नेपाल वायु सेवा निगमको पाइलट हुन् । यति मात्र होइन अपरेसन म्यानेजरका रूपमा निगमको नेतृत्व तहको जिम्मेवारी समेत सम्हाल्दै छन् ।

उनी हुन् दीपु जुहार्चन । सुन्धारास्थित नेपाल वायुसेवा निगमको चौथो तल्लामा रहेको उनको कार्यालयका भित्तामा सजिएका जहाजका फोटोबारे उनले भने ‘ यो कोठामा पुरै हिस्ट्री छ’। जहाजको ‘हिस्ट्री’ उनको कार्यकक्षका तस्बिरमा छँदैछ। तर निगमसँगै उनको परिवारको ‘हिस्ट्री’ पनि जोडिन्छ । दीपुको परिवार निगमको सुरुआती दिनसँगै यो क्षेत्रमा जोडिन पुगेका हुन् ।

बा र आमापछि अब दीपुले निगममा काम गर्न थालेको पनि जोड्ने हो भने आधा शताब्दी कट्छ । ६१ वर्ष पुगेको निगममा जुहार्चन परिवारको संलग्नता कूल मिलाएर ५६ वर्ष पुगिसक्यो । दीपुका बुबा क्याप्टेन यामप्रसाद जुहार्चनको २४ बर्ष, आमा सुमिली जुहार्चन को २० वर्ष र दीपुको १२ वर्ष गरी जुहार्चन परिवारले कूल ५६ वर्ष निगममार्फत् ‘राष्ट्रसेवा’ गरेको छ ।

तीनमध्ये बाबु यामप्रसाद र दीपु निगमका जहाज उडाउने क्याप्टेन हुन् भने आमा सुमिली एयर होस्टेस् ।मुस्ताङ सदरमुकाम जोमसोमबाट २ घण्टाको पैदल दुरीमा पर्छ एउटा सुन्दर बस्ती मार्फा । त्यहाँ बाट राजधानी पुगेर पढ्ने पहिलो व्यक्ति थिए, यामप्रसाद जुहा र्चन । सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेपछि यमप्रसाद पाइलट तालिमका लागि अमेरिका गए ।बाबुले पाइलट बन्ने बाटो रोज्नु पछाडिको कारणबारे दीपु अनभिज्ञ छन् ।

अहिले हवाई र सडकमार्गले जोडिए पनि त्यतिबेला पोखराबाट म्याग्दीको बेनी हुँदै ३–४ दिन हिँडेर मार्फा पुग्नुपथ्र्ये। त्यसैले पनि हवाइ यात्राबाट यो दुरी छोट्याउने बुवाको रहर होला जस्तो लाग्छ दीपुलाई । आमा सुमिली भने धरानकी हुन् । लामो समय देखि हस्पि टालिटी क्षेत्रमा कार्यरत उनी पनि पछि एयर होस्टेस भएर नेपाल वायुसेवा निगममा प्रवेश गरिन् । नया पत्रिका बाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।