जन्मदिनमा प्रधानमन्त्री ज,न्मस्थान तेह्रथुममा, गाँउपालिकाले दियो सार्वजनिक बिदा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो। उनी आज विहान त्यसतर्फ प्रस्थान गर्ने सल्लाहकार थापाले जानकारी दिए।
मिर्गौला प्रत्यारोपणपूर्व जन्मथलो जाने ईच्छा भएपछि पुख्र्यौली घर रहेको स्थानमा आफ्नै खर्चमा हेलिप्याडसमेत बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। पुख्यौली घरजग्गालाई ट्रष्टको रूपमा विकास गर्ने ओलीको योजना छ। आफ्नो घरजग्गामा प्राविधिक शिक्षालय खोल्ने समेत ओलीको इच्छा रहेको बताइएको छ।
साविक आठराइ गाविसमा जन्मिएका ओली सानैमा झापा झरेका थिए। जन्मथलो गएका बेला तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु (ताप्लेजुङ( जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ।
जन्मदिन मनाउन प्रम ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ। प्रम ओलीबाट सुकेपोखरी, पोखरे मावि, प्रणामी मावि हुँदै ढुङ्गे साँघु जाने ९ किलोमिटर लामो बाटोको शिलान्यास र दन्वद्का कारण बन्द भएको नेपाल बैंकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
गाउँपालिकाले फागुन ६ गते आठराई गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको आफ्नो सूचनामा उल्लेख गरेको छ। उसले सूचनामा प्रम ओली उपस्थित हुने कार्यक्रममा कर्मचारी र विद्यालयका शिक्षकहरूलाई तोकिएको पोशाकमा उपस्थित हुन भनेको छ।


