संशोधन बिना एमसिसी पारित हुँदैन – प्रचण्ड

काठमाडौँ । एमसिसी संशोधन तथा परिमार्जन बिना पारित हुने सम्भावना नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । जनकपुरमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले राष्ट्रिय हि,तमा नहुने गरी कुनै पनि हा,लतमा एमसिसी पारित नगर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको र त्यस अनुसार गठन भएको कार्यदलको प्रतिवेदनमाथि छलफल भएको र अब संशोधन बिना पास हुने सम्भावना नरहेको उनले बताए ।

यस्तै उनले घु,स बा,र्गेनिङ्ग का,ण्डमा मु,छिएका गोकुल बाँस्कोटाका सम्बन्धमा सरकारी निकायले अनुसन्धान गर्ने र त्यसअनुसार अघि बढ्ने बताए । आफूले केही दिनअघि बोलेको कुरा बाँस्कोटाप्रति मात्रै नरहेको लक्षित नरहेको प्रचण्डले बताए ।

उनले भने, ‘मैले भक्तपुरको कार्यक्रममा विश्वव्यापी रुपमा कम्युनिष्टहरुमा देखिएको प्र,वृत्तिबारे बोलेको हो । विश्वव्यापी रुपमा नै कम्युनिष्टहरु सं,घर्ष गरुन्जेल राम्रो र सत्तामा पुगेपछि नराम्रो हुने प्रवृत्ति छ र नेपालमा पनि त्यहि देखिन संकेत मिल्दैछ, यसबाट स,चेत रहनु पर्छ भनेको हो । त्यहि बेला सञ्चारमन्त्री का,ण्ड बाहिरियो । संयोग मात्रै हो ।’

यस्तै उनले तत्काल सरकार परिवर्तनको सम्भावना वा आफू प्रधानमन्त्री बन्ने एजेण्डा नै नरहेको बताए । उनले भने, ‘प्रधानमन्त्री वा सरकार परिवर्तन छलफलको एजेण्डा नै होइन ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।