मौसम : पहाडी भेगमा मे घग र्जनसहित व र्षाको स म्भावना

काठमाडौं, फागुन १२ । हिउँदयाम अर्थात् ‘विन्टर’(अंग्रेजीमा) सकिन केही दिन बाँकी हुँदा देशमा अर्काे मौसम अर्थात् प्रि-मनसुनका गतिविधि सुरु भइसकेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार नेपालमा हावाहुरी, चट्याङसहितको वर्षा सुरु भएको हो।

‘नेपालको मौसममा प्रिमनसुनका लक्षण देखिन थालिसकेका छन्,’ महाशाखाका मौसमविद् राजु प्रधानांगले सोमबार बिहान नेपालखबरसँग भने, ‘आज पनि देशका पहाडी भेगमा हावाहुरी, चट्याङ्सहित वर्षाको सम्भावना छ।’

उनका अनुसार सामान्य हुरीबतास र क्षणिक वर्षा हुने देखिन्छ।

‘अपराह्नपछि वा साँझतिर देशका पहाडी भेगका केही स्थानमा क्षणिक वर्षा हुने सम्भावना देखिएको छ,’ उनले भने।

फेब्रुअरी सकिएर मार्च सुरु भएपछि औपचारिक रूपमा प्रिमनसुन सुरु हुन्छ। तर त्यसका गतिविधि भने केही दिन पहिले नै देखिने मौसमविद् बताउँछन्।

मार्च, अप्रिल र मे तीन महिना प्रिमनसुनको अवधि हो। त्यसपछि मनसुन अर्थात् वर्षा याम सुरु हुनेछ।

मौसमविद् प्रधानांगका अनुसार यतिबेला भने देशभर मौसम सामान्यतया सफा नै छ। तर अपराह्नपछि भने मौसम बदली भई पहाडी भेगमा वर्षा हुने सम्भावना छ।

काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि वा साँझतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने मौसम आंशिक (कहिले बादल, कहिले घाम) हुने सम्भावना छ।

आज बिहान पौने ६ बजे लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ। पुनः पौन ९ बजे मापन गरिनेछ।

काठमाडौंमा आज अधिकतम तापक्रम २४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् प्रधानांगले जानकारी दिए।-नेपाल खबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।