केकमा नेपालको नक्सा राखिनु मुलुकलाई माया गर्नु हो – युवा नेता बस्नेत
झापा । नेकपाका युवा नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर छानविन गर्नुपर्ने बस्नेतले बताए । सोमबार झापाको विर्तामोडमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । बस्नेतले राज्यले खरिद गर्ने प्रक्रिया सार्वजनिक खरिद ऐन अन्तर्गत नै हुनुपर्छ भन्ने मेरो मान्यता हो। यस्ता कुरामा धेरै विचार नपुर्याइ काम गरियो भने राम्रो परिणाम आउँदैन।’
प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा उनले का,टेर बाँडेको केकमा नेपालको नक्सा राखेर मुलुकलाई माया गरेको उनले बताए । बस्नेतले अन्तर्रा्ष्ट्रिय प्रचलनमा आएको देशको नक्सा अंकित ‘बर्थडे केक’ का,टिएको कुरामा अ,ल्झिनु उचित नभएको बताएका छन्।

उनले भने ‘जन्मदिनको केकमा मुलुकको नक्सा मुलुकलाई माया गरेर राखिएको हो। केक का,टेर खाने प्रवृत्ति भएकाले यस्तो टिप्पणी गरेका हुन्। मुलुकको नक्सायुक्त केक खाने कि मुलुकै खाने ?’ प्रधानमन्त्री ओलीले आफू जन्मेको ठाउँ र घरलाई संरक्षण गर्ने र त्यस ठाउँको विकासका योजना लैजाने उचित समय खोजी रहेको बेलामा जन्मदिनको अवसर पारेर योजनाहरु सुरुवात गरेको नेता बस्नेतको भनाइ थियो।
प्रधानमन्त्री ओलीको जन्मदिन मनाइएको घ,टनाले नेकपाको आचार संहिता उ,ल्लंघन नभएको नेता बस्नेतको दा,बी थियो। उनले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा भइरहेको कसरत स्वभाविक भएको उनले बताए । बस्नेतका अनुसार गौतमलाई पार्टी एकीकरणमा उनले गरेको योगदानलाई आधार मानेर पार्टी नेतृत्व राष्ट्रिय सभामा लैजान सहमत भएको उनको भनाई थियो।


