बाबुराम र गच्छदारको निर्णयमा नेपाल ट्रष्टको १७२ रोपनी जग्गा मो,हीका नाममा

काठमाडौं, फागुन १३ । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । आज (मंगलबार) उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेलले जारी गरेको श्वेतपत्रमा नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको उल्लेख छ । त्यस्तै १७२ रोपनी सार्वजनिक जग्गा मोहीका नाममा ल्याउने निर्णय बाबुराम भट्टराई नेपाल ट्रष्टको संरक्षक र विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला भएको पनि श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्रमा उल्लेख भएअनुसार करिब ९ वर्षअघि २०६९ साल कात्तिक २ गते को मन्त्रिपरिषद् बैठकबाट करिब १७२ रोपनी जग्गा मोही तथा उनीहरुको हकवालाका नाममा नामसारी गरिएको थियो । जसमा बालाजु वडा नम्बर १७, इचुंगमा रहेको नेपाल ट्रष्टको १० रोपनी ६ आना जग्गा पनि २०६९ भदौ २ गते तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले निणय गरी मोहीको नाममा नामसारी भएको श्वेतपत्रमा उल्लेख छ ।

तत्कालिन सरकारले सतुंगलको १ रोपनी ६ आना एक दाम जग्गा मोहीका नाममा गरेको थियो । त्यस्तै मातातीर्थ १ को ‘क’ र ‘ख’ कित्तामा अवस्थित ५० रोपनी १ आना ३ दाम जग्गा २०६९ भदौ ११ मा निर्णय गरी मोहीको नाममा नामसरी गरिएको श्वेतपत्रमा उल्लेख छ ।

त्यसैगरी थानकोट महादेवस्थान–४ स्थित ‘क’,’ख’ र ‘ग’ कित्ताका १०२ रोपनी नजग्गा पनि मोहीको नाममा कायम गरिएको पाइएको छ । अहिले सरकारले मोहीका नाममा कायम गरिएको १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टकै नाममा फिर्ता ल्याउने प्रक्रिया थालेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।