नेपाल ट्रष्टको दुई हजार रोपनी जग्गामा यती स,मूहको क,ब्जा

काठमाडौं, फागुन १३ । नेपाल ट्रष्टले देशभर रहेको आफ्नो सम्पूर्ण चल–अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत् सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् जारी गरेको श्वेतपत्रमा कुल ७८ करोड बराबरको २१ हजार ५६२ रोपनी जग्गा ट्रष्टको नाममा रहेको जानकारी दिए । जसमध्ये १५ हजार रोपनी जंगलमात्रै रहेको छ ।

धनकुटादेखि सुर्खेतसम्मका १२ जिल्लामा ट्रष्टको सम्पत्ति रहेको छ । काठमाडौंमा मात्रै पूर्वराजा वीरेन्द्रको नाममा चार हजार रोपनी जग्गा रहेकोमा दुई हजार रोपनी जग्गा यती होल्डिङ्सलाई ‘लिज’मा दिइएको पनि श्वेतपत्रमा उल्लेख छ ।

यस्तै, दरबारमार्ग, ताहाचल, टेकु, कमलादी, गोकर्ण, लाजिम्पाटलगायतका स्थानमा रहेका जग्गा पनि विभिन्न व्यापारिक समूह तथा व्यक्तिहरुलाई भाडामा दिइएको उल्लेख छ ।

दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङ्सलाई भाडामा दिँदा क्रमशः पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको जिकिर पनि श्वेतपत्रमा गरिएको छ ।

श्वेतपत्र सार्वजनिक गर्दै ट्रष्टको अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले ट्रष्टको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा मातातीर्थ, थानकोट, सतुंगललगायतका स्थानमा रहेको १७२ रोपनी जग्गा व्यक्तिको नाममा कायम गरिएको र उक्त जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको दा,बी गरे ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले शिक्षा, स्वास्थ र पर्यटनका लागिमात्रै सरकारी स्वामित्वको जग्गा उपयोग गरेको भन्दै विभिन्न ठाउँमा रहेका जग्गाहरुको आवश्यक खोजबिन भइरहेको बताए । तत्कालीन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको सार्वजनिक श्वेतपत्रमा उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।